चितवन । चितवनका संस्थागत विद्यालयहरूले विद्यार्थीको मासिक तथा भर्ना शुल्क वृद्धि गर्न माग गरेका छन् ।
चितवनका संस्थागत विद्यालयहरूले ५० प्रतिशतसम्म शुल्क वृद्धि गर्न स्थानीय सरकारलाई दबाब दिएका हुन् । संस्थागत विद्यालयहरूले साउनदेखि लागू हुने गरी शुल्क वृद्धिको अनुमति नदिए पठनपाठन कार्यलाई अगाडि बढाउन नसक्ने जनाएका छन् ।
प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालका अनुसार संस्थागत विद्यालयहरूले ५० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव गरेका छन् ।