कर्णाली प्रदेश सभाअगाडि लफडा भएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद नरेश भण्डारीले टेबल गरेकाे विधेयक पारित नगरेको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन भएकाे हाे ।
सांसद भण्डारीले संसद्मा टेबल गरेको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयक पारितको माग गर्दै विधेयक सरोकार समाजले संसद् भवनअघि विरोध प्रदर्शन गरेकाे हाे ।