असार ३२, २०७९ शनिबार

जीउभरि काँडा रोपेर
उभिएको छु
मेरो काया मात्र छुन खोज्नेलाई
दुखाइ दिन्छु

हृदयभरि ओखती लुकाएर
उभिएको छु
मेरो हुन खोज्नेलाई दवाइ दिन्छु

कुनै घडी छुनै परे मेरो आत्मा छुनू
ख्यालख्यालमा मेरो हातमा नछुनू

म भिँणामा उम्रेको सिस्नु हुँ
विद्रोह र समर्थन दुवै मेरो प्रकृति हो।


● प्रचण्ड भाष्कर