असार ३२, २०७९ शनिबार

कहिलेकाहीँ मानिसहरु आफू प्रेममा परेको हो वा होइन भन्ने छुट्याउन सक्दैनन् । वास्तवमा प्रेममा पर्दा केही संकेतहरू तपाईँमा देखिन थालेको हुन्छ। विपरीत लिङ्गीप्रतिको आकर्षणमा पनि यस्ता केही संकेत देखिने हुनाले त्यसलाई बुझ्न भने केही कठिन हुन्छ। 

यहाँ साँच्चै नै प्रेममा परेको हो वा होइन भनेर थाहा पाउने केही तरिका उल्लेख गरिएको छ – 


१. आफ्नोभन्दा बढी ख्याल राख्नु 

तपाईं आफ्नोभन्दा धेरै अरुको बारेमा सोच्न वा चिन्ता गर्न थाल्नुभयो भने त्यसलाई प्रेममा परेको भन्न सकिन्छ।

जब तपाईँ कसैसँग प्रेममा हुनुहुन्छ, तपाईँ साँच्चै उसको बारेमा चिन्ता गर्न थाल्नुहुन्छ। तपाईँको अगाडि उसको बारेमा नराम्रो भनेको पनि तपाईँले सुन्न सक्नुहुन्न। यो पनि प्रेमको लक्षण हो। 


२. यादमा हराउनु 

तपाईँ कसैको प्रेममा पर्नुभएको छ भने तपाईँ उसैको यादमा हराउन थाल्नुहुन्छ।

तपाईँ उसले भनेका कुराहरूको नक्कल गर्न थाल्नुहुन्छ। तपाईँलाई आफूले गर्न लागेको कुनै पनि काममा उसको याद आउँछ। तपाईँलाई अरू कसैसँग कुरा गर्दा पनि उसको बारेमा भन्न मन लाग्छ। 

३. साथीसँग उसको तारिफ गर्नु 

प्रेममा परेपछि तपाईँलाई उसको प्रशंसा गर्न मन लाग्छ। साथीहरूसँग कुरा गर्दा तपाईँ ऊप्रतिको आफ्नो भावना व्यक्त गर्नुहुन्छ।

साथै ऊसँग रहँदाको आफ्नो अनुभव सुनाउनुहुन्छ, जसबाट पनि उनीहरँले तपाईँ प्रेममा हुनुहुन्छ भनेर भन्न सक्छन्। 

४. गीत सुन्न रुचाउनु 

प्रेममा परेपछि मानिसहरू धेरै गीत सुन्न थाल्छन्। उनीहरूलाई प्रेम गीतहरू सुन्न मनपर्छ, जसले उनीहरूलाई आरामको अनुभूति दिन्छ। जब तपाईँ कसैसँग प्रेममा हुनुहुन्छ भने तपाईँलाई प्रायः रोमान्टिक गीतहरू सुन्न मनपर्छ।