साउन २, २०७९ सोमबार

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर ३ भोताङस्थित छिम्ती भीरमा कृत्रिम झर्ना बनाइएको छ।

आइतबारदेखि यो झर्ना सञ्चालनमा ल्याइएको हो ।

यसको नाम ड्रगान झर्ना राखिएको छ। पाँचपोखरी गाउँपालिकाभित्र थप एक पर्यटकीय केन्द्र बनाउन कृत्रिम झर्ना बनाइएको बताइएको छ।

यो झर्ना सञ्चालनमा ल्याउन सांसद विकास कोषको पैसा खर्च गरिएको छ।

नेकपा एमालेका सांसद शेरबहादुर तामाङका तर्फबाट सांसद विकास कोषको दश लाख रूपैयाँ यो कृत्रिम झर्ना निर्माणमा खर्च भएको छ।

झर्ना बनाउन सांसद विकास कोषसहित अन्य सहयोगसमेत लगानी गरिएको छ। वडाअध्यक्ष ङिमा छिरिङ तामाङले सांसद विकास कोष र अन्य सहयोग जुटाएर कृत्रिम झर्ना बनाई सञ्चालनमा ल्याइएको जानकारी दिए।