साउन ४, २०७९ बुधबार

नेकपा माओवादीले मंगलबार कर्णाली प्रदेशको संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ ।