साउन ६, २०७९ शुक्रबार

किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले प्रदेश १ प्रदेशसभा अगाडि साकेला नाच प्रदर्शन गरेका छन् ।

प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आह्वान गरिएको छ । बैठकमा प्रदेशको नामकरणका विषयमा छलफल भैरहेको छ । उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।