साउन ६, २०७९ शुक्रबार

 

मुम्बई : आफ्ना विभिन्न हर्कतका कारण बलिउड अभिनेता रणवीर सिंह सधैँ चर्चामा रहन्छन् । पेपर म्यागजिनका लागि 'न्युड' फोटोसुट गरेर उनी फेरि चर्चामा छन्। यसअघि न्युड फोटोसुट गरेर चर्चामा रहने अभिनेत्रीहरूलाई पछि पार्दै अभिनेता सिंहले आफ्नो जीवनका विभिन्न पक्षबारे खुलेर बताएका छन्।

पेपर म्यागजिनसँग कुरा गर्दै उनले आफू हजारौं मान्छेको अगाडि नाङ्गो हुनुसक्ने बताए। उनलाई आफू नाङ्गिनुभन्दा पनि त्यहाँ उपस्थित हुनेहरू असहज हुनसक्ने बताए।

'शारीरिक रूपमा नग्न हुनु मेरो लागि धेरै सजिलो कुरा हो। मेरो आत्मालाई हेर्नुस्, त्यो कति नाङ्गो हो?,' उनले प्रश्न गरेका छन्, 'म हजारौं मान्छेका अगाडि नाङ्गो हुन सक्छु। यो मात्र हो कि तिनीहरू असहज हुन्छन्,' उनले भने।