आफूलाई खनेर जब अन्तर सम्म गयो
लाग्यो मान्छे भगवान्को घरसम्म गयो
प्रेमको सुन्दर नगरी थियो सोचेर मन
घुम्न तिम्रो यादको खण्डहरसम्म गयो
मेरा सुख-दुःख यसरी एकसाथ बोलाउँछन्
हाँस्दै रुँदै मन चिप्लिन पत्थरसम्म गयो
सहरको सडक पुग्न सकेन गाउँसम्म
गाउँको बाटो हरेक सहरसम्म गयो
यो तिमीले देख्ने म केवल मेरो हमसकल हुँ
म'मा बाँचेको मन हिजै हरिको दरसम्म गयो।
●प्रचण्ड भाष्कर