दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्ने नयाँ फिल्म ‘छक्का पन्जा ४’ को निर्माण युनिटले सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो ।
फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौलालगायतको अभिनय रहनेछ । फिल्ममा बेनिशा र मलिना दीपकराजको जोडीका रूपमा रहने बताइएको छ । हेमराज बिसीको निर्देशन रहने छक्का पन्जा ४ कात्तिक दोस्रो साता प्रदर्शन योजना छ ।
‘६ एकान ६’ बाट दीपक–दीपा समूहसँग जोडिएर काम गर्दै आएका जितु नेपाल भने यो फिल्ममा छैनन् । ‘मुन्द्रेको कमेडी क्लब’ बाट महानायक विवादका कारण दीपाश्रीलाई हटाएपछि उनी यो टिमबाट बाहिरिएका हुन् ।