मादक पदार्थ सेवन (मापसे) गरी काठमाडौँ उपत्यकामा स्कुल बस चलाउने चालकहरू कारबाहीमा परेका छन्।
आइतबार बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थ सेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।