साउन १५, २०७९ आइतबार

खीर खाने दिन

कसले चलायो साउन पन्ध्रमा खीर खाने दिन ?

जबकि असारमा मात्र धान रोपिएको छ 
जबकि भर्खरैमात्र बाढी घरभित्र पसेको छ,
चुहिने छानोमा पालसम्म हाल्न पाएको छैन
एकमुठी चिउरासमेत चपाउन पाएको छैन 

तर मानिसहरू भन्दै छन्–
आज खीर खाने दिन हो
हामीले त बिहानै खाइसक्यौं !

कसले चलाउँदै छ 
कलेजी रेट्ने प्रश्नको तिर
उफ् ! कसले चलायो 
साउन पन्ध्रमा खीर खाने दिन ?

✍️निर्भीकजङ्ग रायमाझीकाे