साउन १५, २०७९ आइतबार

अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गीतकार कुमार मिश्रको शब्दमा रहेको ‘कसम’ सार्वजनिक भएको छ ।  साइराज खातीको  स्वरमा रहेको यस गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । उनी पनि अमेरिकामै बस्दै आएका छन् । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।  

गौतम बुद्धको जन्मस्थल लुम्विनीभित्र छायाँकन गरिएको यस गीतको भिडियोमा मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । 

भिडियो ‘केके अक्टेभ’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि गीतकार मिश्रको शब्दमा रहेको ‘हंगामा भो’, ‘फूल बनी’, ‘चिनी अमिलो’, ‘बालै भएन’, ‘माया बसेछ’, ‘छ पक्कै ल पक्कै’लगायत थुप्रै म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।