साउन १६, २०७९ सोमबार

महेश सिंह, सिरहा - प्रहरी उपरीक्षक श्यामकुमार महतो प्रदेश नम्बर १ मा ट्राफिक इन्चार्जको जिम्मेवारी लिएर आएका छन् । 

मधेस प्रदेशको ट्राफिक इन्चार्जको जिम्मेवारी निर्वाह गरेका उनले पुनः प्रदेश नम्बर १ मा इन्चार्जको जिम्मेवारी पाएका हुन् । प्रहरी उपरीक्षक महतो यसअघि अपराध अनुसन्धान विभागको जिम्मेवारीमा थिए । 

महतोलाई प्रदेश नम्बर १ को ट्राफिक इन्चार्जमा सरुवा गरिएकाे छ । केही हप्ताअघि उनले मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतबाट उत्कृष्ट प्रहरीको सम्मानसमेत पाएका थिए।