एक ब्राण्डको विज्ञापनमा अभिनेत्री केकी अधिकारीको तस्वीरहरू दुरुपयोग भएको पाइएको छ । ‘बेटर मी’ नामक एक ब्रान्डले केकीका विभिन्न तस्वीरहरू दुरुपयोग गर्दै आफ्नो उत्पादनको प्रचारप्रसार गरिरहेको हो ।
केकीको भेरिफाइड फेसबुक पेजको फोटोसप गरेर ‘बेटर मी’ले आफ्नो उत्सादनको प्रचारप्रसार गरिरहेको छ । आफ्ना तस्वीरहरू दुरुपयोग भएपछि अभिनेत्री केकी यतिबेला हैरान भएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेरै त्यसमा सत्यता नभएको बताउनुपरेको छ ।
उनले आफ्नो तस्वीर दुरुपयोग भएको विभिन्न स्क्रिनसटहरु पोष्ट गर्दै फेसबुक पेजमा लेखेकी छन्, ‘मेरो तस्वीरहरूको चरम दुरुपयोग गरी यस्ता भ्रामक विज्ञापनमा प्रयोग गरिएको पाइएकोमा यसमा कुनै सत्यता नभएको र यसमा विश्वास नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।’
पछिल्लो समय विज्ञापनमा विभिन्न सेलिब्रेटीको तस्वीर दुरुपयोग हुने क्रम बढेको छ ।