अभिनेत्री प्रियंका कार्की आमा बनेपछि फिल्म अभिनयबाट बाहिर छिन् । अब भने उनले फिल्म अभिनयमा कमब्याक गर्ने भएकी छन् । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘फूलबारी’ बाट उनले अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।
‘फूलबारी’ का लागि प्रियंका अनुबन्धित भएको निर्देशक गुरुङले जानकारी दिएका छन् । फिल्ममा प्रियंकाको अलवा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सोम खनालको समेत मुख्य भूमिका रहने छ । भदौको अन्तिमबाट छायांकन तयारी भइरहेको फिल्म पारिवारिक कथामा बन्न लागेको हो । फिल्मको निर्माण संस्था यशोधा फिल्मस् छ ।
प्रियंका अभिनित पछिल्लो फिल्म ‘लक्का जवान’ गत बैशाख २५ मा प्रदर्शनमा आएको थियो । फिल्मले व्यावसायिक लाभ भने उठाउन सकेन । प्रियंकाले फिल्म अभिनयका लागि आमा बनेको समय बढेको आफ्नो तौल समेत घटाएकी छन् ।