चौथो साहारा एप ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ आयोजना हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाले विज्ञप्ती मार्फत जनाएको छ । अवार्डको तीन संस्करण भव्य रुपमा सम्पन्न भइसकेको छ ।
अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोनसर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा २०७८ वैशाखदेखि २०७८ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको ज्योति विकास बैंकको प्रस्तुति साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए ।
साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने र जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।