काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले युएईमा घाइते महिलालाई नेपाल ल्याउँदै छन् । उनको व्यक्तिगत खर्चमा युएईमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी जानकी थापामगरलाई आज नेपाल ल्याउने भएका हुन् ।
दुबईमा अलपत्र अवस्थामा रहेकी उनलाई बिहान परिवारसँग मिलन गराउने तयारी छ ।
प्रसाईँले यसअघि साउन ३ गते आफ्नै खर्चमा दुबईमा ज्यान गुमाएकी सुर्खेतकी २५ वर्षीया युवतीको शव नेपाल ल्याएका थिए ।