साउन १९, २०७९ बिहिबार

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा ‘नेपाल सेल्स मिशन २०२२’ मार्फत नेपालको गन्तव्यको प्रवर्द्धन गरेको छ।

नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करिब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो।

‘बीटुबी शत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्सन भव्यताका साथ सम्पन्न भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।