साउन २७, २०७९ शुक्रबार

कलाकार अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। 

शाहीलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन्।

दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाहीलाई खाडले तरूण दलको सदस्यता पनि दिएका छन्।

मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, विद्वान् गुरुङलगायतको उपस्थिति थियो।

कलाकार शाहीले वीर विक्रम, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेट, द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, , कमलेको विहेलगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन्।