साउन २८, २०७९ शनिबार

कुहेका आलु प्याज निकालौँ
………………………………………
छन्द   :   शिखरिणी
…………………………………………
सडेका छन् साह्रै , कतिपय  यहाँ   प्याज  लसुन
गलेका छन् उस्तै , अतिशय यहाँ  आलु  ल  सुन 
सबै खोजी खोजी , अब डहर मा  फाल्नुछ  बुझ 
सही  रोजी  रोजी , सकल घर मा  राख्नुछ  बुझ १

कि नङ्ग्याई देऔँ , फलरहित का हाड जति छन् 
कि बङ्ग्याई देऔँ,बलरहित का  ढाड जति छन् 
धरा  लुट्ने  खाने  , सब चलन ती नासिन  पुगून्
सबै   बेईमानी  -  अपचलन   ती  मासिन  पुगून् २

कुहेका  बिग्रेका , जति पनि हुनन् आलु ल चिनौँ
किरा ले खाएका ,जति पनि हुनन् स्याउ ल चिनौ
निकाली मिल्काऔं , वन  बगर मा  या  डगर मा
नआऊन्  ती  फर्की , पुर  शहर मा  या  नगरमा ३

जुका जुम्रा किर्ना , अब नचुनियून् भोलि  चुनिँदा
किरा माखा चुर्ना , अब नलिइयून् भोलि  लिइँदा
चुनावी   बेला मा , कमसल  कुनै  व्यक्ति  नचुनौँ
हुनन् लोभी पापी , खल  दल  कुनै  रत्ति  नचुनौँ ४

कुनै  थोत्रा  भाँडा , अब त नबजून्  कत्ति घर मा
कुनै  झुत्रा  झुम्रा , अब  त  नरहून्  कत्ति घर मा
हुनन् जो जो सच्चा , विगत तिर झाँकीकन चुनौँ
हुनन् जो जो पक्का ,शिखर तिर ताकीकन चुनौँ ५ ✍️कृष्णशरण उपाध्याय