काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मोडालिटीबारे छलफल गर्न बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सिट बाँडफाँट कार्यदलमा भएका छलफलको बारेमा रिपोर्टिङ भएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचनको तालमेल मोडालिटीबारे कार्यदलमा भएका विषयहरूको अध्यक्ष प्रचण्डलाई जानकारी गराइएको छ।