साउन ३०, २०७९ सोमबार

संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यङ्ग्य गरेको तीज गीत ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ ल्याएका छन् । संचारकर्मी पीडितको  शब्द, निर्देशन तथा प्रस्तुति रहेको गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । 

देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको, जनता भोकररोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शेयर गर्ने गरेको जस्ता सामाजिकरराजनीतिक सन्दर्भहरूलाई गीतमा सशक्त ढंगले उठाउन गरिएको छ । साथै भ्रष्ट, ठग र रोगी नेताहरूलाई राजनीतिबाट विस्थापित गरी नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरिएको छ । 

गीतको परिकल्पनाकारमा ई। अनन्तराज घिमिरे रहेका छन् । गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय छ ।