भदौ ५, २०७९ आइतबार

स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ । विसं २०२५ पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिकरूपमा गीतरसंगीतको क्षेत्रमा लागेका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोचसमेत भइसकेका श्रेष्ठलाई ट्रष्टले नगद रु ५० हजारको राशिसहित सम्मानपत्र प्रदान गरेको हो । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा (२)७४०, वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२)७५०, वरिष्ठ जनपक्षीय गायक रामेश (२)७६० लाई प्रदान गरिएको थियो ।

खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायत उद्देश्य राखेर विसं २०७४ मा स्थापना गरिएको हो । संखुवासभामा जन्मिएका स्व।गायक गुरूङका ‘वारी जमुना, पारी जमुना’लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक गुरुङको विसं २०७३ भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।

यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार गायक भविन ढुंगानालाई प्रदान गरेको छ । नेपाल टेलिभिजनबाट प्रसारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ट चारमा पर्न सफल ढुंगाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको संगीत सल्लाहकार थिए ।

दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुंगाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन् । प्रतिभा पुरस्कारको राशी नगद रु २० हजार छ । यसअघि यस्तो पुरस्कार मेलिना राई (२)७४०, ओमप्रकाश राई (२)७५० र सुसन लामा (२)७६०लाई प्रदान गरिएको थियो । विसं २०७७ र २०७८ को सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो । -रासस