भदौ ६, २०७९ सोमबार

गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीजका लागि मिलनले यो गीत तयार पारेकी हुन् । गीतमा शब्द तथा संगीत राजनराज सिवाकोटीको छ । गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

भिडियोमा करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन् ।