भदौ ८, २०७९ बुधबार

काठमाडौं: कवि नवीन प्राचीनको दोस्रो कविता संग्रह ‘प्वाँख’ को क्यानडामा विमोचन सम्पन्न भएको छ।

अगस्ट १३ मा विन्डसोर क्यानडास्थित क्यापिटल थिएटरमा आयोजित बृहत् सांगीतिक एवं काव्य उत्सव 'मिस्टिक एकोज-२' मा प्वाँखको क्यानडा विमोचन गरिएको हो।

गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दीपक गौतम, वरिष्ठ गायक रविन शर्मा, कवि लीला निशा, समास फाउन्डेशनका अध्यक्ष लामिन तामाङ र कवि नवीन प्राचीनकी सहयात्री शान्ति चम्लागाई‌ं लगायतले सामूहिक रूपमा प्वाँख सार्वजनिक गरेका थिए। ‘नेपालय’द्वारा प्रकाशित पुस्तकको एक महिनाअघि अमेरिकामा विमोचन गरिएको थियो।

कार्यक्रममा ६ जना नेपाली भाषी कविहरू नदिश, उमेश आचार्य, लीला निशा, रूपेश ढुङ्गाना,आईती राई र प्राचीनले आ-आफ्ना कविता वाचन, वरिष्ठ गायक रविन शर्मा, मञ्जु लामा र इरिक गिरीले गीत, सुनिता अर्यालले नृत्य तथा २० भन्दा  बढी क्यानाडाली तथा नेपाली वाद्यवादकले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रम समास फाउन्डेशनको आयोजनामा भएको थियो।