काठमाडौं : अमेरिका पठाइदिने भनी करोडौं रकम असुल्ने प्रेसिडेन्सियल इमिग्रेसन प्रालिका ३ जना सञ्चालक पक्राउ परेका छन् । प्रहरीले कम्पनीको गैरीधारास्थित कार्यालयमा छापा मारेपछि नेपालबाटै ग्रिनकार्डसहित अमेरिका पठाइदिने भनी रकम असुल्ने उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षका परविन राई, डेपुटी डाइरेक्टरद्वय ४६ वर्षका ओमकार गुप्ता र ३४ वर्षका सञ्जय तामाङ छन् । संखुवासभा सिलिचोङ गाउँपालिका–२ का राई काठमाडौं सरस्वतीनगर, नवलपरासी रामग्राम नगरपालिका–३ परासी बजारका गुप्ता गोठाटार र इलाम सूर्याेदय नगरपालिका–११ करफोकका तामाङ बसुन्धारामा बस्दै आएका थिए।
तीनै जनालाई शिक्षा ऐन, २०२८ र ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले बताए। उनका अनुसार उक्त कन्सल्टेन्सीका केही कागजपत्र नियन्त्रणमा लिइएको छ।