भदौ १०, २०७९ शुक्रबार

त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा नेविसंघले लगाएको तालाबन्दीविरूद्ध अनेरास्ववियुले विरोध गरेको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले शान्तिपूर्ण तवरले शुक्रबार विरोध प्रदर्शन गरिएको बताए।

गत असार २७ मा नेविसंघले त्रिवि रजिस्ट्रार कार्यालय, केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको थियो।

उक्त ताला नेविसंघले खोलेको छैन।

नेविसंघले तालाबन्दी गरेको विरोधमा अनेरास्ववियुले आज प्रदर्शन गरेको हो।

‘त्रिविमा शान्ति सुरक्षा कायम गर, प्राज्ञिक मर्यादा कायम गर, अराजक गतिविधि बन्द गर, नियमित पठनपाठन गर’ जस्ता नारा लगाउँदै अनेरास्ववियुले प्रदर्शन गरेका हुन्।