चैत २९, २०७७ आइतबार

विराटनगरमा जारी "तेस्रो NMSRA CUP 2077 " को उपाधि NMSRA BIRATNAGAR ले जितेको छ। आज भएको फाईनल खेलमा NMSRA  विराटनगरले PHARMA IMPEX-11 टिमलाई २६ रनले हराएको छ। 

टस जितेर वलिङ्ग रोजेको PHARMA IMPEX-11 विरुद्ध NMSRA BIRATNAGAR ले व्यटिङ्ग गर्दै मात्र तिन विकेटको क्षतिमा १३१ रनको मध्यम स्कोरमा बनाउन सफल भएको थियो। १३२ रनको लक्ष्य पछ्याउने क्रममा PHARMA IMPEX-11 १०२ रनमा समेटिएको थियो।


यस फाईनल खेलका म्यान आफ दि म्याच विराटनगर टिमका कप्तान राम रिसाल भएका थिए। उनले दुई ओभर बलिङ्ग गर्दै   महत्वपूर्ण १ विकेट लिनु का साथै आक्रमक व्यटिङ्ग गर्दै महत्वपूर्ण  ५२(२९) रन बनाउन सफल भएका थिए।भने PHARMA IMPEX-11 लाई सस्तैमा समेटने क्रममा विराटनगर का उपेद्र पोख्रेल, अजय मण्डल र सोनु गुप्ताले समान दुई दुई  विकट लिनुभएको थियो। 

यस प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट व्याट्सम्यान NMSRA विराटनगरका कप्तान राम रिसाल घोषित हुनुभयो,भने यस प्रतियोगिताको उत्कृष्ट बलर NMSRA विराटनगरका अजय मण्डल घोषित हुनुभयो।


यो संगै NMSRA विराटनगरले लगातार तेस्रो पटक NMSRA CUP को उपाधि कब्जा गर्दै नगद ३५०००/- सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता PHARMA IMPEX-11 टिमले नगद २५०००/- सहित ट्रफी प्राप्त गरेको छ। 

एलाईभ फार्मास्युटिकल्स मुख्य प्रायोजक रहेको यस "तेस्रो NMSRA CRICKET CUP 2077 " प्रतियोगितामा नेपाल इन्वेस्टमेंट बैक र देउराली जनता फार्मास्युटिकल्स सह प्रायोजक रहेको छन। भने CHAMPIONS SPORTS, KOHINOOR CHASMA GHAR, NEW ARABIC BIRYANI HOUSE,पाथिभरा ज्वेलर्स, रजक फर्मा,आशिया मेडिको,शिखा फास्ट फूड, होटल ऐसियाटिक र एशियन फार्मास्युटिकल्सका बजार प्रतिनिधि किरण लुईटेल ज्यले समेत सहयोग गर्नु भएको थियो।