भदौ १४, २०७९ मंगलबार

काठमाडौँ । जेठ १५ देखि २५ गतेसम्म लिइएको कक्षा १२ को नतिजा कुनै प्राविधिक समस्या नआए आजै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।  

दिउँसो १ बजेसम्म टेक्निकल कुरा कन्फर्म हुने उनले बताएका छन् । त्यसपछि प्रोसेसिङ हुन मात्रै ३-४ घण्टा लाग्छ । सम्भव भएसम्म आजै प्रकाशन गर्ने तयारी रहेको उनको भनाइ छ ।

आज सम्भव नभएको खण्डमा भोलि प्रकाशन गरिने उनको भनाइ छ । उक्त परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी थिए ।