काठमाडौँ । पोखरा विश्वविद्यालयले 'हल्ट प्राइज' प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताका लागि विश्वविद्यालयकाे क्याम्पस डायरेक्टरका रूपमा सुरजराज केशरी चयन भएका छन् ।
यस प्रतियोगिता '२०२२-२०२३' ले विद्यार्थीमा जोस, जाँगर थप्ने र आफ्नो उद्यमी सोच र कल्पनालाई आकार दिने डायरेक्टर सुरजराज केशरीले नेपालमार्गलाई बताएका छन् ।
प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलतासमेत पैदा गर्ने भएकाले यसको बहुआयामिक महत्त्व रहेको उनले बताएका छन् ।
केशरीले भनेका छन् - "विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तरराष्ट्रिय रूपमा छुट्टै महत्त्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।"
गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा कार्यक्रमको आयोजना भएको थियो । यस पटकको प्रतिस्पर्धालाई केशरीले नेतृत्व गर्दै छन् । प्रतिस्पर्धाका लागि देशभरबाट विद्यार्थी छनोट गरिने छ ।