भदौ १४, २०७९ मंगलबार

काठमाडौँ । अभिनेता इरफान खानका छोरा बाबिल चलचित्रमा डेब्यू गर्दै छन् । बाबिल अभिनित चलचित्र चाँडै ओटीटी प्ल्याटफर्ममा आउने भएको छ । २९ अगस्तमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्र म्युजिकलमा आधारित रहेको छ ।


१ मिनेट ६ सेकेण्ड लामो ‘काला’ को टिजरमा एक युवती गीत गाइरहेको देख्न सकिन्छ । टिजरमा कुनै गीतको सुटिङ देखाइएको छ । टिजरमा बाबिललाई भने देख्न सकिँदैन ।