भदौ १६, २०७९ बिहिबार

काठमाडौँ । फिल्म ‘दुई नम्बरी’ को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ सार्वजनिक भएको छ । अगामी २१ असोजबाट प्रदर्शनको तयारीमा रहेको रोमान्टिक शैलीमा तयार गीतमा मेलिना राई र जयन जे वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमकथा देख्न सकिन्छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत छ । यो फिल्मबाट भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनले नेपाली फिल्ममा डेब्यू गर्दै छिन् । 

https://youtu.be/wL2JzUnXHjg