काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले चौतर्फी विरोधपछि अन्ततः गौरा पर्वको बिदा दिएको छ । गौरा पर्वको बिदा कटौती गरेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको व्यापक विरोध भएको थियो ।