महेश सिंह, सिरहा, लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ लहानगोठको अधारभूत विद्यालयको ४ कोठे भवनको उद्घाटन भएको छ ।
उक्त विद्यालयमा करिब ४ सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विद्यालयमा कक्षाकोठाको अभाव रहेको थियो ।
मेयर महेशप्रसाद चौधरीले विद्यालय सुधारका लागि लहान नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भवन उद्घाटनसँगै बृक्षारोपण र नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएका थियो ।