भदौ १८, २०७९ शनिबार

काठमाडौँ — सूदूरपश्चिम प्रदेशसभामा ६७ वटा विधेयक पारित भएका छन् । बिहीबारको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको १० औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशसभाले पाँच वर्षको अवधिमा ६७ वटा विधेयक पारित गरेको छ । अन्तिम दिन शुक्रबार प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।