काठमाडौँ । कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गरेको छ ।
बोर्डको सूचनाअनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरूका लागि आफूले परीक्षा दिने नम्बरहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।
त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने नियमहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ । ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनुपर्नेछ । 