गायक सुवास खत्रीको स्वरमा “हाँसेर“ सार्वजनिक गायक तेजस रेग्मीको स्वरमा “हाँसेर“ सार्वजनिक सुजन सुजित को शब्द तथा लय सिर्जनामा “हाँसेर“ सार्वजनिक काठमाण्डौं । गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ ।
सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन । किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ ।
“हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कंडेल , प्रविण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ । “हाँसेर“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।