प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईकी ममतामयी आमाको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको छ । भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारका लागि विराटनगर ल्याइएको थियो ।
मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिने र अन्तिम संस्कारका लागि आजै भोजपुर लगिनेछ ।