भदौ २३, २०७९ बिहिबार

कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले बताए । काठमाडौं प्रहरीले उनलाई रिहा गर्न वकिल कार्यालयलाईसँग राय मागेको थियो । 


जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो । बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।  नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।