काठमाडौँ । सामाजिक सञ्जाल टिकटक एपमा प्रतिबन्ध लगाउन माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ ।
टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिकलगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ।
यस एपमार्फत् महिलाको शारीरिक शोषणसमेत भइरहेकाले समितिले मुख्यमन्त्री कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।