नेपाल तरुण दल पर्वतले शैक्षिक सामग्री वितरण गरेको छ । १०९ औँ विपी जयन्तीकाा अवसरमा पर्वत आर्थरको पञ्चकोशी माविमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा सविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशी प्रमुख अतिथि रहेका थिए । नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरीको सभापतित्वमा कार्यक्रम आयोजना भएको थियो ।