भदौ २५, २०७९ शनिबार

Goma sitaula

म एकल महिला भए पनि मैले मेरो दुवै छोराछोरीलाई संघर्ष गरेर छोरीलाई सफल गायिका र छोरालाई सफल मोडेल बनाएकी थिएँ । बाहिर निस्किँदा छोरीका फ्यानहरूले भन्दा पनि छोराको फ्यानहरूले, विशेषगरी भर्खरका केटीहरूले दिग्दार बनाएका थिए । देख्नेबित्तिकै कोहीकोही सासू आमा भन्दै गोडै ढोगूँला जस्तो गर्थे । दिनहुँ घरमा छोराका केटी फ्यानहरूले घर घेर्थे । मलाईचाहिँ यिनीहरूको अभिभावकले निगरानी नगरेकोमा दुस्ख लाग्थ्यो । 


दुवै छोराछोरी प्रोगामका लागि विदेश गएका थिए । त्यही बेलामा एकजना अन्दाजी १६ वर्षकी केटी आएर बुहारी बनाउन आग्रह गरिन् । मैले उनको अल्लारेपनलाई बुझेर मायाले उनको गाला मुसार्दै सम्झाएँ स अहिले तिम्रो लक्ष्य बनाउने समय हो, यस्तो पागलपनमा फस्नु हुँदैन, बिहे भन्ने कुरा बीस वर्षपारि मात्रै हो नानू भनेर सम्झाएँ । बिहे २० पारि नै गरौँला अन्टी, बरु लिभिङ्ग टुगेडरमा भए पनि बस्छु । मैले १२ वर्षको उमेरदेखि मन पराएको हो भनेर रुन्चे पारामा भनिन् । मैले आत्तिँदै भनेँ, १८ वर्षभन्दा कमको केटीसँग सहमतिमै भए पनि कानुनले बलात्कार ठहर्छ ।मुण्टो हल्लाउँदै हुँदैन नानू, आफ्नो घर जाऊ भनेँ ।

उनले हत्तपत्त भनिन् 

युरोपियन मुलुकमा १३, १६ वर्ष, 

अस्ट्रेलिया, ईटाली, जर्मनी, पोर्चुगलमा १४ वर्ष, 

एङ्गोला र फिलिपिन्समा १२ वर्ष, 
जापानमा १३ वर्ष, 

नर्थ अमेरिकामा १५ वर्ष, 

साउथ अमेकाको धेरै देशमा १४ वर्षलाई यौन हद वर्ष तोकिएको छ । 

हाम्रो नेपालमा चै किन यस्तो ?
तर नबुझेको कुरो आन्टी...
यौन सक्षमतालाई कानुनको धाराले मापन गर्ने कि 
मेडिकल जाँचले ?
कतिपय टिनएजरका रोगहरूलाई यौनले निको बनाउने कुरा मैले सुनेकी पनि छु ।

म अलमलमा परेँ । के भन्ने, के भन्ने भयो । हुनत मैले पनि १५ वर्षमै छोरा जन्माएकी थिएँ । केटीलाई फकाइफुलाइ घर पठाएँ । फेरि अर्को दिन हात काटेर मेरो छोराको नाम लेखेको देखाउँदै ञआन्टी प्रदायकले मेरो फोन नि उठाउँदैन, सबैमा मलाई ब्लक गर्यो । हामीले बडी सियर पनि गरिसकेका छौँ, हजुरको फोनबाट गरेर भन्दिनू न.... नत्र म रेप केसमा हालिदिन्छु, भनिन् ।

म छाँगाबाट खसे झै भएँ। हत्तपत्त छोरालाई फोन लगाएँ । नानीको सब कुरा बेलिविस्तार लगाएँ । ूह्या १ मामु मलाई क्या डिस्टर्ब गरी, यता प्रोग्राम हुँदै छ तर म जतिखेर पनि उसैसँग बोल्नु पर्ने रे जति सम्झाउँदा पनि नलागेपछि मैले ब्लक गरेको होू छोरोले भन्यो । उसलाई थाहा नै थिएन तिनी नानी मैसँग छिन् भनेर । बाबुले फ्याट्ट भनिहाल्यो, मलाई त्योसँग अब कुनै इन्ट्रेस्ट छैन..... भन्दै फोन काटिहाल्यो । मैले केटीलाई सम्झाउन नपाउँदै रिसले चुर भएर हिँडिन् तर भोलिपल्ट सञ्जालभरि छोराको फोटोसहित बलात्कार मुद्दा परेको भाइरल भइसकेको थियो । जेल परे त भेटुला तर उतै विदेशमा बदनाम सहन नसकेर आत्महत्या गर्छ कि भन्ने ठूलो डर थियो । नभन्दै पुलिस पनि आयो । तपाईंको छोरालाई अन्डर एज रेप केसको मुद्दा परेको छ भनेर घर खोजतलास गर्यो ।

मर्नु भन्दा बरु बहुलाउनु निको ठानेर मन दह्रो पारेर पुलिसलाई उल्टै प्रश्न गरेँ, पुलिस प्रशासनले पनि अभियुक्त नठहर्दै मेरो छोराले बलात्कार गर्यो भन्दियो । कहाँ म उजुरी गर्न जाऊ रु यदि उसले विदेशमै आत्महत्या गर्‍यो भने यसको सम्पूर्ण जिम्मेवार पुलिस प्रशासनले लिनुपर्छ । औँला ठड्याउँदै पुलिसलाई फेरि भनेँ ( मेरो छोराले गल्ती गरेको रहेछ भने जेल हाले मलाई कुनै आपत्ति हुने छैन तर मलाई बाटोमा देख्नेबित्तिकै सासुआमा भनेर अँगालो हाल्ने, अर्काको नाम रगतले लेख्ने, उमेर नपुग्दै बार, डिस्को र नाइट क्लब धाउने यी नाबालिकाहरूलाई पनि सुधार केन्द्रमा हाल । लेखिका ः गोमा सिटौला