महेश सिंह । सिरहा । सखुवानान्कारकट्टी गाउँपालिकाले ५६ औँ अन्तरराष्ट्रिय साक्षरता दिवस मनाएकाे छ ।गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूका शिक्षक र जनप्रतिनिधिहरूको उपस्थितिमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको हो ।
'कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानानकारकट्टी हाम्रो पहिचान' भने मूल नाराका साथ ५६ औँ अन्तरराष्ट्रिय साक्षता दिवस मनाइएको हो । उक्त कार्यक्रममा पालिकाको शिक्षा नीतिमा सुधार ल्याउनका लागि जोड दिन शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए।
कार्यक्रममा पालिकाभित्रका उत्कृष्ट GPA ल्याउन सफल भएका ८ जना विद्यार्थी र उनका अभिभावकहरूलाई फूलको माला, अबिरको टीका र मायाको चिनोसहित प्रसंसा पत्र दिएर सम्मान गरिएकाे थियो ।