काठमाडौंको त्रिचन्द्र क्याम्पसमा आज १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो।
संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।
नेविसंघ त्रिचन्द्रका नेता नारायण पाण्डेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने बताए।