काठमाडौँ । शुक्रबार रिलिज भएको रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा भारतमा मात्र पछिल्लो ३ दिनमा १०० करोड भन्दा बढी कमा इ गरिसकेको छ।
घरेलु क्षेत्रमा ओपनिङ वीकेन्डमा १०० करोड कमाउने यो सातौं बलिउड फिल्म बनेको छ।
अयान मुखर्जीको निर्देशनमा बनेको फिल्मले ३ दिनमा हिन्दीमा १०५.५० करोडदेखि १०६.५० करोड रुपैयाँसम्म कलेक्शन गरेको छ।
४१० करोड लगानीमा बनेको अयान मुखर्जीको निर्देशनमा बनेको ब्रह्मास्त्रले भारतमा पहिलो दिन ३६ करोड कमाएको थियो। योसँगै
फिल्मले दोस्रो दिन ४२ करोडभन्दा बढी कमाएको छ। यस्तै तेस्रो दिन ४२ करोड कमाइ गरेको छ।
योसँगै ट्रेड पण्डितहरूका अनुसार फिल्मले पहिलो साताको अन्त्यमा भारतमा मात्र २०० करोडको आँकडा छुनेछ।
यस फिल्ममा रणवीर–आलियाका अलावा नागार्जुन, अमिताभ बच्चन, शाहरुख खान र मौनी रोयको पनि महत्वपूर्ण भूमिका छ।