भदौ २७, २०७९ सोमबार

लोकप्रिय गायक कमल खत्रीले इन्गेजमेन्ट गरेका छन् । यो शुक्रवार २ परिवारका सदस्यहरुको उपस्थितिमा खत्रीले पछिल्लो समय लोकप्रिय बनेकी गायिका मेलिना मैनालीसंग टिकाटालो गरेका हुन् । यी २ को केही वर्षदेखी प्रेमचर्चा चलिरहेको थियो । तर, प्रेमका कुरा आउदा सिधै स्विकार भने गरिरहेका हुदैन थिए । कमलले ‘अहिले सेलेब्रेटीहरु माथी हुन थालेका नराम्रा घटनाहरुले आफू र मेलिना दुबैलाई पिरोल्ने हुनाले पारिवारिक सहमतिमा इन्गेजमेन्ट गरेको’ बताए । मेलिनाको उमेर पनि अहिले विवाहका लागी कानुनी रुपमा पुगेको कारण यो निर्णय कमल र मेलिनाले लिएका हुन् ।

अहिलेसम्म लुकाईएको प्रेम विवाहमा परिणत हुनेभएपछी भने इन्गेजमेन्टका तस्विर हरु सामाजिक संजालमा सार्बजनिक गर्दै खत्री र मैनाली दुबैले ‘जिवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जिवनकै सुखद पक्ष हो । चाहाना एति छ कि साथ र माया सधै पाइरहु । जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार ईगेंज्मेन्ट गरेका छौ । यो माया प्रेम अनि आशिर्वादको धेरै धेरै धन्यवाद ।’ लेखेका छन् । विवाहको मिति भने टुङ्गो लागेको छैन् । तर, मंसिर नकटाउने कमलको भनाइ छ । यी २ को झन्डै १८ वर्षको उमेर अन्तर छ । तर जोडी बाँधिनलाई उमेरले कहा छेक्छ र रु यसअघि कलमको प्रेम कोरियोग्राफर तथा मोडल सिम्पल खरेलसंग थियो ।

करिब ५ वर्षलामो प्रेम सम्बन्ध विविध कारणले विश्राम लियो । त्यसपस्चात उनको र मैनालीको प्रेमको पालुवा पलाएको थियो । कमलको आत्मामा, म गीत हु तिम्रो, जाउला रेलैमा लगायतका गीतहरु हिट छन् । उनले ‘फिक्का फिक्का’ बोलको गीतबाट मेलिनासंग साङितिक सहयात्रा सुरु गरेका थिए । त्यस पश्चात् ‘तिमी छौ र त’, ‘के के हुन्छ’, ‘म गीत हु तिम्रो २’ र २ दिन अगाडि सार्बजनिक भएको ‘गुनगुनाउने बानी परेछ’ बोलको गीतमा साङितिक सहयात्रा गरेका छन् । ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागी भएर चर्चामा आएकी मैनालीको मुग्लान, छोटो छ जिन्दगी लगायतका गीतहरु चर्चित छन् । दुबैलाई नयाँ जिन्दगी शुभकामना ।