भदौ २७, २०७९ सोमबार

धरान उपमहानगरपालिका २० स्थित चिण्डेडाँडामा  ५ तले भ्युटावरको निर्माण सम्पन्न भएसँगै आन्तरिक तथा बाह्यय पर्यटकहरूको चहलपहल हुन थालेको छ ।


प्रदेश १ सरकारको ५४ लाख रुपैयाँ बजेटमा भ्यु टावरको निर्माण सम्पन्न भएको हो । चिण्डेडाँडा भ्यु टावर निर्माण समितिका अध्यक्ष  सम्फर तामाङले भ्यु टावर बनेपछि रमणीय दृश्य अवलोकन गर्न आन्तरिक तथा बाह्यय पर्यटक आउने गरेको बताए। भ्यु टावरबाट धरान , तरहरा , इटहरी बजार र सप्तकोसीको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । 

धरानको जानकी चोकदेखि ४ किलो मिटरको दुरीमा रहेको चिण्डेडाँडाको मौसम  बार्है महिना चिसो हुने गरेको छ । 

भ्यु टावरमा आउने पर्यटकहरूका लागि भुँइतलामा रेष्टुरेन्ट सञ्‍चालनमा छ।