भदौ २८, २०७९ मंगलबार

काठमाडौं । नेपाली फिल्म सायराको घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा सायरा निर्माण हुनेछ ।

सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको नाम टुंगो लाग्न बाँकी छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने सायराको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ ।

पुष्कर झाले निर्माण गर्ने सायराको प्रस्तुतकर्ता रघु परियार हुन् ।