काठमाडौं । साहित्य सरोवर मिडिया प्रालि र न्यू अञ्जना डिजिटल म्युजिक प्रालिको संयुक्त प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो संस्करणका लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेशनल सेलिब्रेटी अवार्ड २०७२ मा सहभागी हुन २०७९ कार्तिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक जसबहादुर याक्खाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्डका निर्देशक अर्जुन पन्तले जानकारी दिए ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको नेशनल सेलिब्रेटी अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने सदस्य सचिव रोशन पोखरेलले जानकारी दिए । सष्ट्रा र सस्कृतिको संरक्षणका लागि निरन्तर रूपमा आयोजक सस्था लागीपरेको संस्थाका अध्यक्ष सन्तोष कटवालले जानकारी दिए ।
नेशनल सेलिब्रेटी अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु–याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको आवेदन फारम अनलाइनबाट समेत भर्न सकिने आयोजक संस्थाले बताएको छ ।